काठमाडौँ ।
नेकपा माओवादी केन्द्रले जेनजी आन्दोलनको क्रममा कोटेश्वर पेरिसडाँडास्थित पार्टी कार्यालयमा भएको आगजनी र क्षतिपछि नयाँ र भव्य केन्द्रीय कार्यालय बनाउने घोषणा गरेको छ। पार्टी अध्यक्ष प्रचण्डले कार्यालय अनुगमनपछि यो कुरा बताए।
उनले नयाँ भवन निर्माणमा देश विदेशका पार्टी सदस्यहरूको सहयोग लिइने उल्लेख गरे, तर कार्यालयको स्थान खुलाएनन्।अनुगमनका क्रममा प्रचण्डले बैठकका माइन्युट, पुस्तकालय र केही कम्प्युटरहरू जोगिएको बताए र त्यसमा भूमिका खेल्ने कर्मचारी र कार्यकर्तालाई धन्यवाद दिए। जेनजी आन्दोलनको समयमा प्रचण्ड पहिलोपटक सार्वजनिक भएका हुन्। सेनाको सुरक्षामा ब्यारेकमा बसेका उनी हालै आफन्तको घरमा बस्दै आएका छन्। आन्दोलनका क्रममा प्रचण्डको खुमलटारस्थित निवासमा पनि आगजनी भएको थियो। उनकी छोरीहरू गंगा र रेनुसहित अन्य नेताहरूको घरमा पनि तोडफोड र आगजनी भएको छ।
आज प्रचण्डले पार्टी कार्यालय पुगेर सरसफाइमा कार्यकर्तालाई साथ दिए र शहीद स्तम्भमा माल्यार्पण गरेका थिए । प्रचण्डले पार्टी कार्यकर्ताहरु लाई नआत्तिन समेत आग्रह गरेका छन् । उनले आगामी पार्टीको कार्यदिशा फरक हुुने भन्दै छिट्टै पदाधिकारी बैठक बोलाउने समेत जानकारी दिए ।































प्रतिक्रिया