काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले वरिष्ठ नेत्र रोग चिकित्सक डा. सन्दुक रुइतसँग तिलगंगा आँखा प्रतिष्ठानमै पुगेर छलफल गरेकी छन् ।
छलफलमा प्रधानमन्त्री कार्कीले विशेष परिस्थितिमा आफूले सरकारको नेतृत्व गर्नु परेकाले सहयोग गर्न डा. रुइतसँग आग्रह गरेकी थिइन् । सो क्रममा उपयुक्त जिम्मेवारीका साथ सरकारमा सहभागी हुन पनि आग्रह गरेकी थिइन् ।
तर, जवाफमा डा. रुइतले आफूले सरकारलाई सहयोग गर्ने तर सरकारमा सहभागी हुन नसक्ने जवाफ दिएको उनीनिकट छलफलमा सहभागी स्रोतले जानकारी दियो ।































प्रतिक्रिया