आर्यघाटमा खरानी हुँदै नेपाल आमाका ४ सपूत, बाँकी ६ को पार्थिव शरिर जन्मथलो लगिने

आर्यघाटमा खरानी हुँदै नेपाल आमाका ४ सपूत, बाँकी ६ को पार्थिव शरिर जन्मथलो लगिने

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ । जेनजी आन्दोलनमा वीरगति प्राप्त गरेका सहिदहरूलाई राजकीय सम्मानका साथ अन्त्येष्टिका लागि पशुपति आर्यघाट लैजान शवयात्रा निकालिएको छ । शवमा माल्यार्पण गर्नेहरु र राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली दिनेहरुको भिडभाड भएको छ । जेन जी आन्दोलनमा वीरगति प्राप्त नेपाल आमाका ४ सपुतहरु आर्यघाटमा खरानी बन्दै गर्दा, चिता जल्दै गर्दा शव यात्रामा सामेल हुनेहरु र अन्तिम विदाईमा सामेल हुनेहरु भावविह्वल भएका छन । मुर्छा खाएका छन् । आफन्तजनहरु सम्हालीनसक्नु स्थितीमा रहेका छन्।

त्रिवि शिक्षण अस्पतालबाट १० शहीदको पार्थिव शरीर नगर परिक्रमा सहित एअरपोर्ट र पशुपति लैजानको लागि शव यात्रा निकालिएको छ । शव यात्रामा ऊर्जामन्त्री कुलमान घिसिङ र गृह तथा कानुनमन्त्री पनि सहभागी भएका छन् ।

ऊर्जामन्त्री कुलमान घिसिङ गोपीकृष्ण हलबाट र गृह तथा कानुन मन्त्री ओमप्रकाश अर्याल चाबहिल चोकबाट जेनजीको शवयात्रामा सहभागी भएका हुन् । कुलमानले राष्ट्रिय झण्डा बोकेका छन् भने कानुनमन्त्रीले राष्ट्रिय झण्डा ओढेर गएका छन् ।

१० पार्थिव शरीरमध्ये ४ जनाको अन्त्येष्टि पशुपतिमा आर्यघाटमा गरिने भएको छ । बाँकी ६ पार्थिव शरीर सेनाको हेलिकप्टरबाट शहीदहरूको जन्मथलो लग्ने आफन्तजनले जानकारी दिए । शवयात्रामा सहभागिता जनाउन जेन जी समुहहरुले आग्रह समेत गरेका थिए ।

Logo