अदालतमा भएको विषयमा कांग्रेस बोल्दैन भन्ने भ्रम नराख्न गगन थापाको आग्रह

अदालतमा भएको विषयमा कांग्रेस बोल्दैन भन्ने भ्रम नराख्न गगन थापाको आग्रह

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपाली कांग्रेसका नेता गगनकुमार थापाले अदालतमा भएको विषयमा कांग्रेस बोल्दैन भन्ने भ्रम नराख्न आग्रह गरेका छन् ।

प्रतिनिधिसभा विघटनको विरोधमा नेपाली कांग्रेस क्षेत्रीय कार्यसमिति क्षेत्र नं. ६ काठमाडौँले शुक्रबार शान्ति बाटिकामा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै नेता थापाले यस्तो बताएका हुन् ।

कायरले मात्रै अदालतमा भएको विषयमा बोल्दिन भन्ने भन्दै उनले अदालतमा भएको प्रतिनिधिसभा विघटनको मुद्दालाई कांग्रेसले असंवैधानिक कदम भनिसकेको बताए। नेता थापाले अदालतले दायाँबायाँ फैसला नगर्ने विश्वास व्यक्त गरे ।

त्यसैगरी, कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले जनताको अभिमतविरुद्ध फैसला गर्न नसक्ने भन्दै अवसरको सदुपयोग गर्न आग्रह गरेका छन् ।

सिटौलाले अदालतले आमजनताको भरोसा र आशा जुटाउने अवसर पाएको भन्दै अवसरको सदुपयोग गरिनुपर्ने बताए । उनले अदालतले आफ्नो क्षमता प्रकट गरेर संविधानको रक्षा गर्न सक्छ भनेर जनतालाई सन्देश दिने सुनौलो अवसर पाएको पनि बताए ।

प्रधानमन्त्रीलाई मन लाग्दैमा संसद भंग गर्न नपाओस् भनेर संविधान निर्माणताका संविधानमा धारा ७६ को व्यवस्था गरिएको उनको भनाइ छ । उनले प्रतिनिधिसभा विघटन गर्ने आफ्नो गल्ती स्वीकार गर्न आग्रह पनि गरे ।

Logo