काठमाडौं । नेकपा (एमाले)का नेता गोकुल बास्कोटाले पार्टीभित्रको अवस्था र नेतृत्वको कार्यशैलीप्रति गम्भीर असन्तुष्टि व्यक्त गरेका छन्।
०७८ सालपछि पार्टीमा गुटबन्दीको नयाँ आयाम सुरु भएको आरोप लगाउँदै बाँस्कोटाले सामाजिक सञ्जालमार्फत भनेका छन्,’कागति निचोरेर दुध फटाए झै बनाए, विधान हैन आदेश चलाए, तिनले एकताको मर्म बुझ्नु राम्रो हो।पत्याउन यसर्थ कठिन छ कि रोग फरक छ -तर तिनीहरु अझै वेपर्वाह सबै रोगको एउटै ओखती सिफारिस गर्दैछन्।’
उनले पार्टी नेतृत्वले ‘एकताको मर्म बुझ्नु राम्रो’ हुने बताए पनि उनीहरूमा विश्वास गर्न भने कठिन भएको संकेत दिएका छन्।
नेता बास्कोटाले आफू आक्रोश वा निराशाको अवस्थामा बस्ने कि ‘जनताको बहुदलीय जनवाद’ (जबज) को सिद्धान्तअनुसार अघि बढ्ने भन्ने प्रश्न पनि उठाएका छन्, जसले उनको वैचारिक द्वन्द्व र पार्टीको वर्तमान अवस्थाप्रतिको चिन्तालाई उजागर गरेको छ।





























प्रतिक्रिया