तोकिएको मितिमै निर्वाचन हुन्छ: गृहमन्त्री अर्याल

तोकिएको मितिमै निर्वाचन हुन्छ: गृहमन्त्री अर्याल

केन्द्रबिन्दु
9
Shares


काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले तोकिएको मितिमै निर्वाचन हुने बताएका छन् । आज निर्वाचन आयोगमा भएको छलफलमा बोल्दै उनले अहिलेको सरकारको मुख्य काम नै निर्वाचन गराउनु रहेको भन्दै फागुन २१ मै हुने बताएका हुन् ।

आयोगलाई कुनै पनि सरकारले निर्देशन दिन नमिल्ने भन्दै सरकारको तर्फबाट पनि सबैलाई समेटेर निर्वाचन गर्न पर्ने देखिएको उल्लेख गरे । उनले अहिले निर्वाचन हुन्छ कि हुँदैन भन्ने शंका नराख्न सबैलाई आग्रह गरे ।

मन्त्री अर्यालले असफलताको दाग नलागोस् भनेर तयारी गरिरहेको स्पष्ट पारे । निर्वाचनका लागि पूर्वाधारहरु तयार गर्नुपर्ने भन्दै सामाजिक सुरक्षा पहिलो सर्त रहेको बताए ।

Logo