नेपाली जनताको सङ्घर्ष र बलिदानको प्रतिफल हो संविधान: प्रदेश प्रमुख मियाँ

नेपाली जनताको सङ्घर्ष र बलिदानको प्रतिफल हो संविधान: प्रदेश प्रमुख मियाँ

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले नेपालको संविधान नेपाली जनताको सङ्घर्ष र बलिदानको प्रतिफल भएको बताएका छन् ।

‘संविधान दिवस तथा राष्ट्रिय दिवस–२०८२’ को अवसरमा आज शुभकामना सन्देश जारी गर्दै भनेका छन् , “नेपाली जनताले पटकपटक गर्दै आएका सङ्घर्ष र बलिदानको प्रतिफलस्वरुप ऐतिहासिक संविधानसभा मार्फत २०७२ साल असोज ३ गते नेपालको संविधान जारी भएको ऐतिहासिक उपलब्धिको सम्झना र सम्मान स्वरुप आज हामी संविधान दिवस मनाइरहेका छौँ ।”

त्यस्तै, उनले यस ऐतिहासिक दिवसले यस प्रदेशमा पनि दिगो शान्ति, सुशासन, विकास र समृद्धिको राष्ट्रिय लक्ष्य हासिल गर्ने बाटोमा अघि बढ्न सबैलाई प्रेरणा मिल्ने विश्वास व्यक्त गरे ।

“यस अवसरमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि भएका सङ्घर्षहरूमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्नुहुने सम्पूर्ण ज्ञात तथा अज्ञात सहिदप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु”, शुभकामना सन्देशमा भनिएको छ, “यस अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु ।” मियाँको शुभकामना सन्देशमा भनिएको छ ।

Logo