आन्दोलनका कारण गण्डकी सरकारको दीर्घकालिन योजनामा धक्का : मुख्यमन्त्री पाण्डे

आन्दोलनका कारण गण्डकी सरकारको दीर्घकालिन योजनामा धक्का : मुख्यमन्त्री पाण्डे

केन्द्रबिन्दु
0
Shares

पोखरा, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आन्दोलनका क्रममा निजी क्षेत्रमाथि भएको आक्रमणले गण्डकी प्रदेश सरकारको दिर्घकालीन योजनामा असर पुर्याएको बताएका छन् ।

शुक्रबार संविधान दिवस तथा राष्ट्रिय दिवस २०८२ को मूल समारोहमा बोल्दै उनले आन्दोलनले आन्तरिक तथा बाह्य पर्यटक सँगै लगानी भित्र्याउने गण्डकी प्रदेश सरकार माथि असर परेको बताएका हुन् । उनले तत्काल प्रवाह हुने सेवालाई सहज र नियमित गर्न प्रदेश सरकारले काम सुरु गरिसकेको जानकारी समेत गराए ।


उनले भने, ‘पोखरालाई नेपालको पर्यटन राजधानी घोषणा गरेको आन्तरिक तथाबाह्य पर्यटकसँगै लगानी भित्र्याउने गण्डकी प्रदेश सरकारको दिर्घकालीन योजनामा आन्दोलनका नाममा निजी क्षेत्रमाथि भएको आक्रमणले वातावरण धमिलाएको छ ।’
उनले भने, ‘पछिल्लो घटनाक्रम र त्यसबाट उत्पन्न परिस्थिती पछि प्रदेश सरकारका मातहतका मन्त्रालय निकाय र कार्यालयहरु मार्फत तत्काल प्रवाह हुने सेवालाई सहज र नियमित गर्न प्रदेश सरकारले काम थालिसकेको छ ।

पुर्ननिर्माणका लागि संघ सरकारको नीतिअनुसार समन्वय गर्दै हामी अगाडी बढ्नेछौं । हजारौं रोजगारी सिर्जना गरेका र देशको अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्याएका करदाता व्यवसायीहरु माथिको आक्रमणको छानविन गरी दोषिलाई कानुनी दायरा भित्र ल्याउनु जरुरी रहेको पनि उनले बताए ।

सोही कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका सभामुख कृष्णप्रसाद धितालले समयको गतिशिलता लाई बुझी संविधान संशोधन गर्नुपर्ने बताए । ‘यो संविधान गतिशील बनाउन सकेनौं ।’ संविधान त बनायौ तर संविधानले माग गरे अनुसार कार्यन्वयन गर्न सकेनौँ । उनले राष्ट्रिय अन्तर्राष्ट्रिय प्रभाव पनि परेको बेला गतिशिलताको विज्ञानलाई बुझेर संविधान संशोधन गर्ने बिषयमा ध्यान दिनुपर्ने कुरामा जोड दिए ।

Logo