राष्ट्रिय एकता नै स्थायित्वको आधार होः कृष्णप्रसाद सिटौला

राष्ट्रिय एकता नै स्थायित्वको आधार होः कृष्णप्रसाद सिटौला

केन्द्रबिन्दु
15
Shares

काठमाडौँ, नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले वर्तमान अवस्थामा राष्ट्रिय एकता नै स्थायित्वको आधार भएको बताउँदै सबैलाई एकजुट हुन आग्रह गरेका छन्

बिपी चिन्तन प्रतिष्ठान केन्द्रीय समितिद्वारा संविधान दिवसका अवसरमा आयोजित ‘मौजुदा संविधान र यसका चुनौतीहरू’ विषयक अन्तरसंवादमा सिटौलाले संविधान विपरीत हुने कार्य अस्वीकार्य हुने स्पष्ट पारे। नेता सिटौलाले भने “भावनात्मक रूपले एक हुनुपर्छ । जनताको सर्वोच्चतालाई बचाउन सकारात्मक माहोल निर्माण गरौँ । जनताको भावनात्मक एकता नै राष्ट्रको सुरक्षा कवच हो । राष्ट्रिय एकता नै स्थायित्वको आधार हो ।” कांग्रेस नेता शशाङ्क कोइरालाले लामो सङ्घर्षपछि जारी भएको संविधानलाई कमजोर पार्ने कार्य स्वीकार्य नहुने प्रस्ट पारे । कोईरलाले हाल देखिएका घटनाबारे उल्लेख गर्दै भने, “जेनजी आन्दोलन परिकल्पना भन्दा बाहिरको घटना भएको हुँदा यसलाई संयमित भएर समीक्षा गर्न जरूरी छ ।” केन्द्रीय सदस्य पुष्पा भुसालले समाजले माग गरिरहेका नयाँ मुद्दालाई सम्बोधन हुनेगरी संविधान संशोधन गर्नुपर्ने आवश्यकता औँलाईन्। भुसालले भनिन्, “जबसम्म जीवनशैलीमा परिवर्तन हुँदैन, तबसम्म प्रणाली राम्रो भएर मात्र पुग्दैन ।” कार्यक्रममा पूर्वमन्त्री रामचन्द्र अधिकारी, नेपाल बार एसोसिएसनका अध्यक्ष प्राडा विजयप्रसाद मिश्र, नेपाल डेमोक्रेटिक लयर्स एसोसिएसनका अध्यक्ष सीताराम केसी लगायतले संविधान कार्यान्वयनमा दलहरू चुकेको टिप्पणी गर्दै अब सम्हालिएर अगाडि बढ्नुपर्ने आवश्यकता औँल्याए । प्रतिष्ठानका अध्यक्ष हरिबोल भट्टराईले लोकतन्त्रलाई थप बलियो बनाउन र संविधानको रक्षा गर्न सबै एकजुट हुनुपर्ने धारणा व्यक्त गरे ।

Skip This
Skip This
Logo