काठमाडौँ । नेकपा एमाले रामेछापले संविधान रक्षाको लागि र्याली सहित कार्यकर्ता भेला आयोजना गरेको छ । नेकपा एमाले रामेछापको आयोजनामा शुक्रबार मन्थलीमा र्याली तथा अन्तरक्रिया गरिएको हो ।
उक्त कार्यक्रममा एमाले पोलिटब्युरो सदस्य एवं रामेछाप जिल्ला इञ्चार्ज कमलप्रसाद चौलागाईँले हामी नेपाल भन्ने ग्रुपले ह्याण्डिल गरेको प्लेटफर्म मार्फत अमेरिकाले सुशीला कार्कीलाई प्रधानमन्त्री बनाएको दाबी गरेका छन् । एमाले रामेछापले संविधान दिवसका अबसरमा आज मन्थलीका गरेको कार्यक्रममा बोल्दै चौलागाँईले अमेरिकाले सुनियोजित रूपमा नेपालको शासनसत्ता कब्जा गरेको आरोप लगाए ।
यस्तै केन्द्रीय सदस्य माधव ढुङ्गेलले २३ गते बिहानको आन्दोलन जेनजीको आन्दोलन भएपनि २३ गते अपराह्नपछि आन्दोलन हाइज्याक भएको बताए । दुर्गा प्रसाईँले गाडी चढाउँदा समेत गोली नचलाउने प्रहरीले बालबालिकाको टाउकोमा गोली चलाउनै नसक्ने उनको दाबी छ ।
ढुङ्गेलले नेपाली सेना समेत सिंहदरबार, सितलनिबास लगायतका संरचना जोगाउने दायित्वबाट चुकेको बताए । २३ र २४ गतको घटनालाई एमालेले सामान्य ढङ्गेलले नछाड्ने उनको भनाई छ । यसको हिसाबकिताब एमालेले खोज्ने उनले बताए ।
पार्टी केन्द्रीय सदस्य गीता कार्कीले अहिले पार्टी र देशका लागि निक्कै सङ्कटको अवस्था आएको बताउँदै यो सङ्कटसँग जुध्न सबै एक भएर लाग्नुपर्ने बताइन् ।
कार्यक्रममा एमाले रामेछापका अध्यक्ष पुरुषोत्तम कडरियाले भदौ २३ र २४ गतेको जेनजीतको आन्दोलनमा नेपालमा अस्थिरता मच्चाउन चाहनेको घुसपैठ भएको बताउँदै सो घटनाको निष्पक्ष छानबिन गर्न माग गरे । उनले यस बिचमा भएका सबै घटनाको छानबिन र अनुसन्धान हुनुपर्ने बताउँदै त्यो छानबिन पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीबाट नै सुरु गर्न माग गरे ।
कडरियाले राजनीतिक दलका नेताहरु पनि सच्चिनुपर्ने बताउँदै जेनजी आन्दोलनको नाममा युवा र विद्यार्थीलाई भड्काउने काम गरिएको दाबी गरे । विद्यालय पढ्ने बालबालिकालाई विद्यालय पोसाकमा नै जुलुसमा पठाएर दुरुपयोग गरिएको उनको आरोप छ ।





























प्रतिक्रिया