जेनजीको माग जायज थियो -एमाले नेता रघुवीर महासेठ

जेनजीको माग जायज थियो -एमाले नेता रघुवीर महासेठ

केन्द्रबिन्दु
30
Shares

जनकपुर । नेकपा एमालेका नेता रघुवीर महासेठले जेनजीले उठाएका मागहरु जायज रहेको बताका छन् ।

शुक्रबार जनकपुरधामस्थित नेकपा एमालेको जिल्ला पार्टी कार्यालयमा संविधान दिवस मनाउँदै नेता महासेठले भदौ २३ र २४ गत्ते जेनजीले गरेको आन्दोलनका मागहरु जायज रहेको धारणा राखे । भ्रष्टाचार बन्द होस्, सामाजिक सञ्जाल सुचारु होस भन्ने मागहरु एक दम जायज रहेको र यो नेकपा एमालेको पनि माग रहेको उनले बताए । भदौ २३ र २४ गत्ते भएको लुटपाट, आगजनी, कुटपिट लगायतका घटनामा देशी विदेशी षड्यन्त्रकारीहरुको हात रहेको उनले बताए ।

नेता महासेठले ती देशी विदेशी षड्यन्त्रकारीहरुले नै जेनजी युवाहरुको हत्या गरेको बताए ।

जेनजीको शरीरमा लागेको गोली नेपाल प्रहरी वा नेपाली सेनाको नभएको उनले दाबी गरे । आन्दोलन चर्काउन र प्रजातन्त्र समाप्त गर्नका लागि सार्प सुटर प्रयोग गरी ती जेनजीको हत्या गरिएको उनले बताए । नेता महासेठले ती सम्पूर्ण घटनाको निष्पक्ष छानबीन गरी दोषी जो सुकैलाई कारबाही गर्न आफू र आफ्नो पार्टी प्रतिबद्ध रहेको बताए ।

नेता महासेठले विगतमा भएका गल्तिहरुलाई सुधार गरी आगामि दिनमा फेरि नेकपा एमाले देशको पहिलो पार्टी बन्ने दाबी गरे ।

Logo