विशेष महाधिवेशनको माग गर्दै कांग्रेसमा हस्ताक्षर अभियान सुरु

विशेष महाधिवेशनको माग गर्दै कांग्रेसमा हस्ताक्षर अभियान सुरु

केन्द्रबिन्दु
9
Shares

काठमाडौं । नेपाली कांग्रेसभित्र विशेष महाधिवेशन माग गर्दै हस्ताक्षर अभियान सुरु भएको छ । नेता गुरुराज घिमिरे लगायत महाधिवेशन प्रतिनिधिहरूले यसको अगुवाइ गरेका छन् ।

जेनजी आन्दोलनपछि बदलिँदो राजनीतिक घटनाक्रमलाई लक्षित गर्दै विशेष महाधिवेशनका लागि हस्ताक्षर अभियान सुरु भएको हो । महाधिवेशन प्रतिनिधिहरूले विगतका गल्तीहरूप्रति क्षमा माग्न र सुधारिएर भविष्य बनाउनका लागि विशेष महाधिवेशनको विकल्प नभएको बताएका छन् ।

अहिलेको अवस्थामा विशेष महाधिवेशन बोलाउने केन्द्रीय समितिको दायित्व भए पनि त्यो सम्भावना नभएकाले प्रतिनिधिहरू नै यसको तयारीमा लागेको बताइएको छ ।

पार्टीलाई अहिलेको दुरावस्थाबाट निकालेर समयसापेक्ष प्रभावकारी बनाउन जिम्मेवारीबोध गरी विधानको धारा १७ (२) अनुसार विशेष महाधिवेशन प्रक्रियामा सहभागी हुन आग्रह गरिएको छ ।

Logo