शिक्षामन्त्री पुनको आग्रह- एउटा गतिलो टीम बनाउन व्यस्त छु, अनावश्यक फोन नगरिदिनु होला

शिक्षामन्त्री पुनको आग्रह- एउटा गतिलो टीम बनाउन व्यस्त छु, अनावश्यक फोन नगरिदिनु होला

केन्द्रबिन्दु
15
Shares

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री डा. महावीर पुनले आफूलाई अनावश्यक फोन र मेसेज नगर्न आग्रह गरेका छन्।

मन्त्रीमा नियुक्त भएदेखि नै मोबाइल, मेसेन्जर र ह्वाट्सएपमा हजारौं कल र मेसेज आइरहेको भन्दै उनले यस्तो अनुरोध गरेका हुन्। मन्त्री पुनले अहिले आफ्नो सम्पूर्ण ध्यान मन्त्रालयको कामलाई व्यवस्थित बनाउन र नयाँ योजनाहरू तयार गर्नमा केन्द्रित रहेको बताएका छन्।

बुधबार उनले भनेका छन्, “म मन्त्रालयमा एउटा राम्रो र सिर्जनशील टिम बनाउन व्यस्त छु। त्यसैले केही दिनका लागि अनावश्यक फोन नगर्न र मेसेज नपठाउनु होला।”

शिक्षामन्त्री पुन केशर महलस्थित मन्त्रालयमै बास बस्न थालेका छन् । पदभार ग्रहण गरेकै दिन मन्त्रालयभित्रै बस्ने–खाने बताएका उनले सचिवलाई सो व्यवस्था मिलाउन निर्देशन दिएका थिए । सोहीबमोजिम मन्त्रालयभित्र भान्सा र सयन कक्ष तयार पारेपछि मंगलबारदेखि उनी मन्त्रालयमै बस्न थालेका हुन् ।

‘भुइँमा सुत्ने मान्छे’लाई फाइभस्टार होटलको जस्तो सुविधायुक्त बासको व्यवस्था मिलाइदिएको भन्दै उनले मन्त्रालयका कर्मचारीहरुप्रति आभार पनि प्रकट गरेका थिए ।

Skip This
Skip This
Logo