काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मतदाता नामावली ऐन, २०७३ लाई संशोधन गर्न बनेको अध्यादेश जारी गरेका छन् ।
सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले संविधानको धारा ११४ को उपधारा १ बमोजिम अध्यादेश जारी गरेका हुन् ।
जेनजी आन्दोलनको बलमा बनेको अन्तरिम सरकारले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको मिति तोकेको छ । तर विद्यमान कानुनअनुसार नयाँ मतदाता नामावली संकलन गर्न पाइँदैन थियो। त्यसैलाई खुलाउनका लागि आज अध्यादेश ल्याइएको हो । अब निर्वाचन आयोगले नयाँ मतदाता नामावली संकलन गर्ने बाटो खुला भएको छ ।
प्रधानमन्त्री कार्कीले आज मात्रै राष्ट्रपति पौडेलसँग भेट गरेकी थिइन् ।
































प्रतिक्रिया