जनताको बदलिएका आवश्यकता र अपेक्षाहरू सम्बोधन गर्न नसकेको हामीले स्विकार्नुपर्छ -योगेश भट्टराई

जनताको बदलिएका आवश्यकता र अपेक्षाहरू सम्बोधन गर्न नसकेको हामीले स्विकार्नुपर्छ -योगेश भट्टराई

केन्द्रबिन्दु
18
Shares

काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले भदौ २३ गतेको जेनजी आन्दोलन र त्यसपछिका घटनाक्रमलाई लिएर पार्टीले आम जनताको बदलिएका आवश्यकता र अपेक्षाहरू सम्बोधन गर्न नसकेकोमा माफी मागेका छन्।

भदौ २३ र २४ गतेको आन्दोलनले राजनीतिक सत्ता र संरचनामाुअसाधारण बदलाव ल्याएको स्वीकार गर्दै सचिव भट्टराईले यो परिस्थितिको वस्तुगत समीक्षा गर्दै पार्टी पुनर्गठनको आवश्यकतामा जोड दिएका हुन् । उनले भनेका छन्, ‘असल प्रयास र प्रयत्नहरु जारी थिए । अनेक सीमा, अबरोध र अप्ठ्याराहरुको बिचमा पनि प्रयासहरु प्रयत्नहरु जारी थिए भन्ने लाग्छ । तर सब ठिकठाक थिएनन् भन्ने पुष्टी २३ भदौले गरिसकेको छ । यो सत्यलाई हामीले स्वीकार गर्नुपर्छ । र हामीले भन्नुपर्ने हुन्छ, बदलिएका आबश्यकता र अपेक्षाहरु पुरा गर्न सफल नभएकोमा हामी माफी चाहान्छौं ।’

उनले वर्तमान संकट र निराशालाई सम्बोधन गर्न पार्टी पुनर्गठन नै पहिलो शर्त भएको बताएका छन्। ‘ भदौ २३ ले दिएको सन्देश ग्रहण गर्नु र त्यसमा अभिव्यक्त भावनाको वस्तुगत सम्मान गर्दै राज्य समाज र पार्टी संरचनामा बहुआयमिक रुपान्तरण गर्नु अनिवार्य र पहिलो शर्त हो ।’ उनले विज्ञप्तिमा उल्लेख गरेका छन् ।

यो संकटको घडीमा आवेग वा प्रतिशोधमा नभई आत्म-समीक्षासहित अगाडि बढ्न र पार्टी तथा आन्दोलनलाई पुनर्गठन गर्न उनको अपिल छ । पुनर्गठनको अर्थ अहिलेको नेतृत्वको अपमान वा प्रहारको रूपमा कतैबाट पनि व्याख्या गर्न नहुने उनकाे भनाइ छ । भट्टराईले भनेका छन्- ‘ग्राम्सीले भने जस्तै अब नेकपा (एमाले)लाई, कम्युनिष्ट आन्दोलनलाई नयाँ चेतनाले पुनर्गठन गर्नुपर्नेछ । फेरि पार्टी र आन्दोलनको पुनर्गठन गरिरहँदा हामीले इतिहासको बेवास्ता र अपमान कदापि गर्नु हुन्न ।’

साथै भट्टराईले भदौ २३ गते सामाजिक सञ्जाल बन्दको विरोध र सुशासनको माग गर्दै सडकमा उत्रिएका युवामाथि भएको दमनको न्यायिक छानबिनको पनि माग गरेका छन्। उनका अनुसार भदौ २४ गतेको विध्वंसलाई जेन-जी आन्दोलनको दुरुपयोगका रूपमा व्याख्या गरिएको छ, जसमा विभिन्न स्वार्थ समूहको घुसपैठ र आपराधिक गतिविधिले आन्दोलनलाई बदनाम गरेको उनको ठहर छ। उनले राष्ट्रिय सम्पदा, निजी तथा व्यावसायिक संरचनामाथि भएको आगजनी र तोडफोडको निन्दा गरेका छन्।

सचिव भट्टराईले नेपालको पछिल्लो घटनाक्रममा भूराजनीतिको भूमिकाबारे पनि चर्चा गरेका छन् । उनले छिमेकी तथा मित्र राष्ट्रहरूलाई नेपाललाई प्रयोगशाला नबनाउन आग्रह गर्दै संविधानको रक्षा र लोकतान्त्रिक प्रक्रियाको पुनर्जीवनका लागि सकारात्मक सद्भावको अपेक्षा राखेका छन्।

Skip This
Skip This
Logo