घरमा रहेका नानीबाबुको अनुहार हेर्नुस्, अब गुट जोगाउने होइन -विश्वप्रकाश शर्मा

घरमा रहेका नानीबाबुको अनुहार हेर्नुस्, अब गुट जोगाउने होइन -विश्वप्रकाश शर्मा

केन्द्रबिन्दु
42
Shares

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीभित्रको गुटगत राजनीति अन्त्य गरी लोकतन्त्र र संविधान रक्षाका लागि सबै एकजुट हुनुपर्नेमा जोड दिएका छन् ।

सप्तरीमा आगजनीमा परेको कांग्रेस जिल्ला कार्यालयको स्थिति अवलोकनपछि महामन्त्री शर्माले पार्टीका नेता तथा कार्यकर्तालाई ‘गुट’ भन्दा माथि उठेर विवेकपूर्ण निर्णय गर्न आग्रह गरेका हुन् । उनले भने, “लोकतन्त्र र संविधान नै खतरामा परेको बेला तपाईंले जोगाउने गुट होइन, तपाईं–हामीले जोगाउने र जगाउने विवेक हो । त्यो विवेकको जगमा पार्टी, लोकतन्त्र र देशलाई उभ्याउने हाे ।”

महामन्त्री शर्माले नेता र कार्यकर्तालाई कसैको दबाब वा प्रभावमा नपरी आफ्नै विवेकको आधारमा निर्णय लिन प्रेरित गरे । उनले थपे, “दाइले, भाउजुले, काकाले, काकीले के भन्छन्- त्यो मेरो विचार नभन्नोस् । घरमा रहेका साना नानीबाबुको अनुहार हेर्नुस्, तिनले खोजेको परिवर्तन सम्भव तुल्याउने गरी अबको बाटो पहिल्याउनोस् ।”

Logo