काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आफूमाथि ज्यान मार्ने खालको योजना भएको र पाँच मिनेटको अन्तरले मात्र जोगिएको खुलासा गरेका छन्।
जेनजी प्रदर्शनका क्रममा गत भदौ २४ गतेकाे घटना सम्झँदै उनले आफूलाई मार्ने र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई घाइते बनाउने किसिमको योजना रहेको दाबी गरेका हुन्। “यसपटक पाँच मिनेट ढिला भएको भए, मार्ने नै थिए। शेरबहादुरजीलाई घाइते बनाउने र मलाई मार्ने खालकै योजना थियो,” उनले भनेका छन् ।
अध्यक्ष ओलीले सुरक्षा निकायमाथि भरोसा गरेको तर उनीहरूले हात उठाएको उल्लेख गरे । “मैले अब आफ्नो तयारी पनि गर्न पाइनँ । सेक्युरिटीमाथि मलाई अलिकति भरोसा थियाे, तर पछि सेक्युरिटीले हामी केही पनि गर्न सक्दैनौं भन्यो,” उनले भने।
यद्यपि, अन्त्यमा सेनाले आफूलाई सुरक्षित रूपमा बाहिर निकालेको उनले बताए।





























प्रतिक्रिया