काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सचिवालय बैठक बोलाएका छन् । भोलि निवास भक्तपुरको गुण्डुमा बस्नेगरी बैठक बोलाइएको हो ।
बैठक आइतबार दिउँसो १ बजे बस्नेछ । एमालेले २३ गतेको जेनजी आन्दोलन र २४ गतेको हिंसात्मक प्रदर्शनपछि पहिलो पटक सचिवालय बैठक बस्न लागेको हो।
एमाले पार्टी कार्यालय च्यासलस्थित र ओली निवास बालकोट आगजनीले पूर्णरुपमा क्षती भएपछि बैठक गुण्डुमा डाकिएको हो ।





























प्रतिक्रिया