काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राजनीतिक दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दर्ता गरेका छन् ।
आगामी फागुनमा हुने निर्वाचनलाई मध्यनजर गर्दै मेयर साम्पाङले आफ्नै नेतृत्व रहनेगरी ‘श्रम संस्कृति पार्टी’ नामको दल दर्ताका लागि निवेदन दिएका हुन् । हाल आयोगले निवेदनमाथि जाँचबुझ गरिरहेको छ । प्रमाण नपुगेको, विवरण सच्याउनुपर्ने भए सुधार तथा परिमार्जनका लागि सम्बन्धित दल दर्ताका लागि निवेदन दिनेलाई आयोगले पनि पत्राचार गर्नेछ ।
मेयर साम्पाङले यसअघि पनि पार्टी खोल्ने तयारी गर्दै आएका थिए ।































प्रतिक्रिया