बाजुरा । बाजुराको पूर्वीउत्तरी क्षेत्रमा पर्ने बुढीनन्दा नगरपालिकामा तालाबन्दी गरिएको छ ।
बुधबार बुढीनन्दा नगरपालिका वडा नम्बर २ कोल्टीका युवाहरुले तालाबन्दी गरेका हुन्। युवाहरुले यहाँका स्थानीय जनताको माग अनुसार काम गर्न नसकेको भन्दै नगरपालिकाको कार्यालयमा तालाबन्दी गरेका हुन्। कोल्टीमा खानेपानी र विद्युत सेवालाई चुस्त बनाउन माग गर्दै तालाबन्दी गरेका छन्।
कोल्टीमा विद्युत र खानेपानीको समस्या जटिल रहेको छ । गुणस्तरिय विद्युत सेवा नहुँदा यहाँका स्थानीय अँध्यारोमा बस्न बाध्य छन्। कहिलेकाहीँ कोल्टी बजार मैनबतीको साहारामा चलिरहेको हुन्छ । त्यस्तै गुणस्तरीय खानेपानी सेवा नहुँदा स्थानीयले समस्या भोग्दै आएका छन्। युवाहरुले कोल्टीबजारमा तत्काल खानेपानी र नियमित विद्युत सेवाको व्यवस्था गर्न माग गर्दै ताला लगाएका हुन् ।
नगरपालिकाले पालिकामा खानेपानी र विद्युतको व्यवस्था गर्न नसकेको भन्दै स्थानीय युवाहरुको समूहले ताला लगाएको हुनसक्ने प्रहरीले जनाएको छ । जनताको माग पुरा नभएसम्म पालिकाको ताला नखोल्ने अडानमा तालाबन्दीकर्ता रहेका छन् ।नगरपालिकामा तालाबन्दी गरेपछि तालबन्दी गर्ने समूह र उपप्रमुख रामबहादुर बोहोराबिच छलपल भैरहेको बताइएको छ ।





























प्रतिक्रिया