काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले बिहीबार गुण्डुमा सम्बोधन गर्ने भएका छन् ।
एमाले भक्तपुर जिल्ला कमिटीले बिहीबार बिहान ११ बजे सूर्यविनायक नगरपालिका–७ को वडा कार्यालयनजिकै कार्यकर्ता भेलाको आयोजना गरेको हो। अध्यक्ष ओली कार्यक्रमका प्रमुख अतिथि रहनेछन् ।
हाल अध्यक्ष अोली सूर्यविनायक नगरपालिका–७ स्थित गुण्डुमा डेरा गरी बसिरहेका छन्। गत भदौ २४ गते सत्ताबाट बहिर्गमन र भक्तपुर बालकोटस्थित निवासमा आगजनी गरिएपछि उनी त्यता सरेका हुन्।





























प्रतिक्रिया