माइतीघरबाट प्रदर्शनकारीको धमाधम पक्राउ, बानेश्वरसम्म प्रहरी परिचालन

माइतीघरबाट प्रदर्शनकारीको धमाधम पक्राउ, बानेश्वरसम्म प्रहरी परिचालन

केन्द्रबिन्दु
36
Shares

काठमाडौँ । माइतीघरमा प्रदर्शन गर्न गएका १४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले प्रदर्शनका लागि अनुमति दिएको थिएन । अनुमति नभएको अवस्थामा प्रदर्शन गर्न गएका उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो । प्रदर्शन गर्न खोजेको आरोपमा पक्राउ पर्नेको संख्या १४ पुगेको छ ।

प्रहरीले डा. निकोलस भुसाल, सञ्जिव दाहालसहित १४ जनालाई नियन्त्रणमा लिएर परिसरमा राखेको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले कसैलाई पनि प्रदर्शनका लागि अनुमति नदिएको अवस्थामा उनीहरू प्रदर्शन गर्न भन्दै माइतीघर पुगेपछि पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले बताए ।

जेन(जीका विभिन्न समूहहरू माइतीघरमा प्रदर्शन गर्ने भन्दै पुगेका थिए । अहिले प्रहरीले माइतीघर नयाँ बानेश्वर क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारेको छ । बाक्लो मात्रामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन भएका छन् ।

Logo