काठमाडाैं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले तमासा देखाइरहेको टिप्पणी गरेका छन्।
आज बिहीबार भक्तपुरको गुन्डुमा जिल्ला कमिटीले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले प्रश्न गरे-‘के लाग्छ सुशीला कार्कीको डरले केपी ओली भाग्छ ?’
आफूलाई पक्राउ गर्न षड्यन्त्र भएकाे बारेमा पनि उनले भने- ‘केपी ओलीलाई गिरफ्तार गर्नुपर्छ, कारबाही गर्नुपर्छ । अहिले राति राति रातभर मिटिङ गरेर कसरी केपी ओलीलाई गिरफ्तार गर्न सकिन्छ ? कसरी नेपाली कांग्रेसका रमेश लेखकलाई गिरफ्तार गर्न सकिन्छ ?’
ओली गृहमन्त्री ओमप्रकाश अर्यालप्रति पनि आक्रमक देखिएका थिए । ‘गृहमन्त्रीको विषयमा त मैले भएपछि थाहा पाएँ । गृहमन्त्री बाबुलाई म धेरै नउत्ताउलिन, नचम्किन सल्लाह दिन चाहन्छु,” उनले भने, “राजनीति ख्याल ठट्टा होइन । देश चलाउने कुरा ख्याल ठट्टा होइन । यस कुरालाई बुझेर चल्न म सुझाव दिन्छु ।’































प्रतिक्रिया