रौतहट । जनता समाजवादी पार्टी (जसपा) मधेश प्रदेशका अध्यक्ष अशोक कुमार यादव धरौटी बुझाएर रिहा भएका छन् ।
सर्लाही जिल्ला अदालत मलङ्गवामा उपस्थित भएका यादव लाई न्यायाधीश महेन्द्रराज काफ्लेको इजलासले एक लाख ६० हजार रुपियाँ धरौटी लिएर छाड्न आदेश दिएको हो ।
सर्लाही जिल्ला अदालतका श्रेस्तेदार ज्ञानबहादुर खत्रीले राजद्रोहको मुद्दामा एक लाख, सार्वजनिक सेवा अवरोध गरेको र आपराधिक उपद्र मुद्दामा ३०÷३० हजार गरी एक लाख ६० हजार रुपियाँ धरौटी माग भएको बताए ।
गत असार १९ गते राति सर्लाही का प्रहरी प्रमुख (एसपी) योगेन्द्रकुमार खड्का र यादवबीच गालि गलौचको टेलिफोन संवाद बाहिरिएपछी भदौ २५ गते प्रहरीले पक्राउ गरेको थियो । पूर्व मधेश प्रदेशसभा सदस्य समेत रहेका यादवलाई जिल्ला प्रहरी कार्यालय मलङ्गवाको हिरासतमा भएकै बेला आमाको निधन भएपछि असोज ३ गते काजकिरिया गर्न भनी प्रहरीले छाडेको थियो आमाको काजकिरिया सकेर बिहिवार आफै यादव अदालतमा उपस्थित भएका हुन ।
उनले अदालतले न्याय दिएको बताएका छन् । अन्याय, अत्याचार र भ्रष्टाचारको विरोधमा बोल्दा उल्टै आफूविरुद्ध राज्यले अनेक लाञ्छना लगाएर मुद्दा दायर गरेको आरोप समेत लगाए । प्राविधिक कार्यालय मलङ्गवामा आर्थिक अनियमितता गरी रातभर काम भएको विषयमा विवाद भएको थियो ।































प्रतिक्रिया