जसपा नेपालको कोशी र मधेस प्रदेश समितिको अधिवेशन हुँदै

जसपा नेपालको कोशी र मधेस प्रदेश समितिको अधिवेशन हुँदै

केन्द्रबिन्दु
3
Shares

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले दुइटा प्रदेश समितिको अधिवेशन गर्न लागेको छ ।

पार्टीको कोशी प्रदेश समिति र मधेस प्रदेश समितिको अधिवेशन हुन लागेको प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिएका छन् । कोशी प्रदेश समितिको अधिवेशन असोज २५ र २६ गते बिराटनगरमा हुने भएको छ भने मधेस प्रदेश समितिको अधिवेशन लागि असोज २७ र २८ गते जनकपुरधाममा हुने छ ।

बाँकी प्रदेश समितिहरु पनि अधिवेशनको तयारीमा जुटेको बस्नेतको भनाइ छ । जसपा नेपालले स्थानीय तहअन्तर्गतका पार्टी समितिको अधिवेशन सम्पन्न गरी प्रदेश समितिको अधिवेशन गर्न लागिएको बताइएको छ ।

Skip This
Skip This
Logo