राष्ट्रिय सहमतिमा संविधान संशोधन गरौं : प्रचण्ड

राष्ट्रिय सहमतिमा संविधान संशोधन गरौं : प्रचण्ड

केन्द्रबिन्दु
18
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका संयोजक तथा पुर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सहमतिमा संविधान संशोधन गर्नुपर्ने बताएका छन् ।

शुक्रबार राजधानीमा सम्पादकहरूसँगको छलफलका क्रममा उनले वर्तमान संविधानले अहिलेकै रुपमा काम नगर्ने भन्दै संशोधनसहितको परिमार्जन गर्नुपर्ने बताएका हुन्। ‘यो संविधानले अहिलेकै रुपमा काम गर्दैन, संशोधन,परिमार्जन गरौं,’ प्रचण्डले भनेका छन्, ‘जसका लागि राष्ट्रिय सहमति चाहिन्छ ।’

उनले राष्ट्रिय स्वाधीनताको विषयमा यसभन्दा अघि कहिल्यै यति ठूलो हस्तक्षेप नरहेको बताए । ‘राष्ट्रिय स्वाधीनतामा यति ठूलो हस्तक्षेप र चुनौती पहिले नभएको उल्लेख गरे । देशमा राजनीतिक संकट उत्पन्न भएको भन्दै उनले दलहरुले गम्भिर भएर सोच्नुपर्ने बेला आएको बताए। जेनजी युवा आन्दोलनले संविधानको विषयलाई नितान्त नयाँ कोणबाट सोच्नुपर्ने ठाउँमा ल्याइदिएको पनि प्रचण्डको भनाई रहेको छ ।

माओवादी केन्द्रले संविधान संशोधन गरी प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको व्यवस्था हुनुपर्ने यस अघिबाटै बताउँदै आएको समेत प्रचण्डले बताए ।

Logo