काठमाडौँ । सरकारले पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको सुरक्षा कटौती गरेपछि अब उनको सुरक्षाको जिम्मा पूर्व सैनिक, पूर्व प्रहरी सङ्गठन र एमाले निकट राष्ट्रिय युवा संघ नेपालले लिने भएका छन्।
एमाले नेता महेश बस्नेतले याे जानकारी दिएका हुन् । जनताको विश्वास र समर्थनले उभ्याएको नेताको सुरक्षामा जनता स्वयं उभिनुले लोकतन्त्रमा जनताको शक्ति कति ठूलो हुन्छ भन्ने सन्देश दिएको उनको भनाइ छ।
सरकारले विशिष्ट व्यक्तिहरूको सुरक्षा व्यवस्था पुनरावलोकन गर्ने क्रममा पूर्व प्रधानमन्त्री ओलीको सुरक्षामा खटिएका सुरक्षाकर्मीको संख्या घटाएपछि एमालेले यस्तो कदम चालेको हो। पूर्व सैनिक र पूर्व प्रहरी सङ्गठनका अनुभवी सुरक्षाकर्मीहरूले सुरक्षा घेरामा रहने र युवा संघ नेपालका सदस्यहरूले यसमा आवश्यक सहयोग गर्ने गरी तयारी गरिएको जनाइएको छ।





























प्रतिक्रिया