निर्वाचनमा जाने कुराहरुमा कसैको पनि विमति छैन -मन्त्री खरेल

निर्वाचनमा जाने कुराहरुमा कसैको पनि विमति छैन -मन्त्री खरेल

केन्द्रबिन्दु
6
Shares

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले राजनीतिक दलहरु निर्वाचनमा जाने कुराहरुमा कसैको पनि विमति नरहेको बताएका छन् ।

शुक्रबार शितल निवासमा बसेको सर्वदलीय बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले राजनीतिक दलहरुका नेताहरु र राजनीतिक दलहरुले निर्वाचनमा जानुपर्छ भन्ने कुरा आत्मसात गरेको बताएका हुन् ।

उनले भने, ‘यो छलफलमा राजनीतिक दलहरुका नेताहरुको तर्फबाट पनि र राजनीतिक दलहरुको तर्फबाट पनि निर्वाचनमा जाने कुराहरुमा कसैको पनि विमती रहेन । निर्वाचनमा जानुपर्छ भन्ने कुरा उहाँहरुले पनि आत्मसात गर्नुभएको छ र निर्वाचनमा जाने हो भन्नु भएको छ तर त्यसमा कतिपय राजनीतिक दलहरु निर्वाचनमा जाने निर्णय गरिसकेकोले निर्वाचन स्वस्छ, निष्पक्ष, धादलीरहित वातावरणमा हुनुपर्छ भन्ने रहेको छ ।’

मन्त्री खरेलले राष्ट्रपति रामचन्द्र पौडेलको आव्हानमा सरकारले भोलि नै जेनजीहरुबीच छलफल गर्ने पनि बताए ।

Skip This
Skip This
Logo