काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले शनिबार प्रधानमन्त्री सुशीला कार्की र जेनजी प्रतिनिधिहरूसँग छलफल गर्ने भएका छन्।
शनिबार बिहान १० बजे शीतलनिवासमा राष्ट्रपति पौडेलले प्रधानमन्त्री कार्की र जेनजी प्रतिनिधिहरूसँग छलफल गर्ने तय भएको शितल निवासले जनाएको छ । जेनजीका एक प्रतिनिधिले पनि छलफलका लागि राष्ट्रपति कार्यालय बोलाइएको बताए।
उनका अनुसार सुदन गुरूङ लगायत जेनजीका विभिन्न समूहका प्रतिनिधिहरू छलफलमा सहभागी हुनेछन्। राष्ट्रपति पौडेलले शुक्रबार सरकार र दलहरूसँग छलफल गरेका थिए।
छलफलमा आगामी फागुनमा हुने तय भएको चुनावमा लाग्न आग्रह गरेका थिए। निर्वाचन घोषणा भइसक्दा पनि सरकारले दलहरूसँग संवाद नगरेपछि प्रधानमन्त्रीकै आग्रहमा राष्ट्रपति पौडेलले सरकार र दलहरूबीच संयुक्त रूपमा छलफल गरेका थिए।































प्रतिक्रिया