जेनजीहरुको आपसी विवादका कारण राष्ट्रपतिसँगको बार्ता सर्‍यो

जेनजीहरुको आपसी विवादका कारण राष्ट्रपतिसँगको बार्ता सर्‍यो

केन्द्रबिन्दु
33
Shares

काठमाडौँ । जेनजीहरुको आपसी विवादका कारण राष्ट्रपति रामचन्द्र पौडेल सँगको जेनजी बार्ता सरेको छ । आज गर्ने भनिएको बार्ता सोमबारको लागि सरेको राष्ट्रपतिको सचिवालयले जानकारी दिएको छ ।

आज गर्ने भनिएको छलफलमा सहभागी हुने प्रतिनिधिबारे विवाद भएपछि सोमबार दिउसो ३ बजे छलफल गर्ने तय भएको हो । आफ्नो सहभागिता नभएको भन्दै केही समूहहरूले आपत्ति जनाएका थिए । बार्तामा बस्न नपाएकाहरुले शितल निवास अगाडी नाराबाजी समेत गरेका थिए । भित्र वार्ताको तयारी भईरहँदा बाहिर रहेकाहरुले नाराबाजी गरेका हुन्।

पुरुषोत्तम यादव, संविधान प्रसाईं, खेमराज साउदलगायतका जेनजी प्रतिनिधिहरु बाहिरै रहेका थिए । भित्र प्रवेश नपाएका उनीहरुले केहीबेर नाराबाजी गरेका हुन्। ‘हामी प्रदेश संयोजकलाई भित्र छिर्न दिइएन । हिजो छिर्न दिने भनिए पनि आज रोकियो’, जेनजी अगुवा खेमराज साउदले बताए ।शीतल निवासमा जारी छलफलका लागि जेनजीका तर्फबाट १७ जना प्रतिनिधि सहभागी हुने तय भएको थियो । पछि संख्या बढाइएको थियो ।

शितल निवास स्रोतका अनुसार २० बढी प्रतिनिधि छलफलमा सहभागी हुने जनाईएको थियो।

Skip This
Skip This
Logo