काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्मा ‘प्रभाकर’ जनभावना सम्बोधनका लागि त्याग गर्न तयारहुनुपर्ने बताएका छन् । शनिबार सामाजिक सञ्जाल फेशबुक मार्फत उनले देशमा शान्ति र वैधानिक स्थापनाका लागि योगदान गर्न आग्रह गरेका हुन्।
शर्माले यतिबेला मुठभेड गर्ने समय नभएको पनि बताएका छन् ।
उनले लेखेका छन् । ‘राष्ट्रभन्दा ठूलो केही छैन । यतिबेला मुठभेड हुने र गर्नेतिर हैन, शान्ति र वैधानिकताका लागि योगदान गरौं,’ शर्माले भनेका छन् । उनले राष्ट्रको रक्षा र जनभावनाको सम्बोधनका लागि जे त्याग गर्नपनि आफूलाई तयार पानुपर्ने बताएका छन् ।
‘के के छोड्दा राष्ट्रको रक्षा हुन्छ र जनभावना सम्बोधन हुन्छ, त्याग गर्नका लागि आफैंलाई तयार पारौं,’ शर्माले भनेका छन् ।































प्रतिक्रिया