काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक दिएका छन् ।
गत २४ भदौमा भएको जेनजी आन्दोलनपछि आज पहिलोपटक सानेपामा सार्वजनिक भएका सभापति देउवाले पार्टी केन्द्रीय समितिको बैठकमा सम्बोधन गर्दै पार्टीको कार्यवाहक उपसभापतिसमेत रहेका खड्कालाई हस्तान्तरण गरेको बताएका हुन् ।
उनले भने, “१५औँ महाधिवेशनमा नेतृत्व हस्तान्तरण गर्छु भनेको छु, त्यसपछि विधानले पनि दिँदैन । पार्टी सञ्चालनका लागि अहिले कार्यवाहक पूर्णबहादुर खड्कालाई हस्तान्तरण गर्छु ।”
जेनजी आन्दोलनमा घाइते भएका सभाति देउवा थप उपचारका लागि अब सिंगापुर जाने बताइएको छ ।































प्रतिक्रिया