मधेसको मुख्यमन्त्रीमा लोसपाको स्वभाविक दाबी -अध्यक्ष ठाकुर

मधेसको मुख्यमन्त्रीमा लोसपाको स्वभाविक दाबी -अध्यक्ष ठाकुर

केन्द्रबिन्दु
18
Shares

महेन्द्रनगर (धनुषा) । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरले मधेस प्रदेशको मुख्यमन्त्रीमा लोसपाको स्वभाविक दाबी रहेको बताएका छन् ।

आज जनकपुरधामस्थित मधेस प्रदेशको पार्टी कार्यालयमा कार्यकर्ताहरुलाई सम्बोधन गर्दै ठाकुरले भने, “उपेन्द्रजीको बाराको चुनावअगाडि नै लोसपालाई मधेसको नेतृत्व दिने तत्कालीन सत्ता घटकको सर्वपक्षीय सहमति भएको हो ।”

उनले आफूहरु पर्ख र हेरको मनस्थितिमा रहेको उल्लेख गरे । उनले बाराको निर्वाचनमा जितेन्द्र सोनलको अगुवाइमा लोसपालाई प्रयोग गरेर उपेन्द्र यादवले पछि देउवा र प्रचण्डकै अगाडि लोसपाले धोका दियो भनेर बोल्दा देउवा र प्रचण्ड रिसाएको पनि बताए ।

Skip This
Skip This
Logo