काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले वर्तमान प्रणालीबाट हुने निर्वाचनले देशलाई निकास दिन नसक्ने बताएका छन् । बुधबार पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय कार्यसमिति बैठकपछि सञ्चारकर्मीसँगको कुराकानीमा उनले यस्तो बताएका हुन् ।
उनले अहिलेको यही प्रणालीबाट हुने निर्वाचन भने दीर्घकालिन समस्या समाधान नहुने पनि जिकिर गरे ।
‘जेनजी आन्दोलनको बीचमै हामीले भनेका थियौं, संसद्ले निकाश दिन सकेन, त्यसकारण यो विघटन हुनुपर्छ भनेर माग राख्ने हामी हौं । हामीले राजीनामा समेत दियौं । संसद् विघटन भयो । नयाँ निर्वाचनमा नै जानुपर्छ,’ उनले भने, ‘तर, त्यसअघि यही निर्वाचन प्रणालीबाट हुने निर्वाचनले देशलाई निकास दिन सक्दैन । तर, निर्वाचन भइहाल्यो भने हामी भाग्दैनौं । निर्वाचनको तयारी गरेर जान्छ ।’लिङ्देनले भने, ‘हामी चुनावबाट भाग्दैनौँ ‘।































प्रतिक्रिया