नेकपा विवाद : सचिवालय बैठकमा ओलीले छुट्टै प्रस्ताव ल्याउने, १८ गते स्थायी कमिटी बैठक

नेकपा विवाद : सचिवालय बैठकमा ओलीले छुट्टै प्रस्ताव ल्याउने, १८ गते स्थायी कमिटी बैठक

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठकमा अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले छुट्टै प्रस्ताव ल्याउने भएका छन् ।

बैठकमा प्रधानमन्त्री ओलीले प्रस्तावको लागि १० दिन समय माग गरेपछि अर्को सचिवालय बैठक मंसिर १३ गतेलाई तय गर्दै बुधबारको बैठक सम्पन्न भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

‘पार्टीभित्रको समस्या अथवा पार्टीको संकट समाधानको विषयलाई लिएर यसको निवारण गर्ने विषयमा छलफल गर्दै बैठक सकियो’, प्रवक्ता श्रेष्ठले भने, ‘आजको बैठकले कमरेड अध्यक्ष केपी शर्मा ओलीले पनि आफ्नो तर्फबाट अर्को प्रस्ताव प्रस्तुत गर्ने भन्नु भएको कुरा सचिवालयमा जानकारी गराइएको छ ।’

प्रवक्ता श्रेष्ठका अनुसार यसअघि पेश भएका र बाँडिएका दस्तावेजसँगै अध्यक्ष ओलीको प्रस्तावसमेतलाई लिएर छलफल गर्ने गरी मंसिर १३ गते सचिवालयको अर्को बैठक तय भएको हो ।

बैठकले स्थायी कमिटी बैठकको मिति तय गर्दै केन्द्रीय समिति बैठकको मिति हेरफेर गरेको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

सचिवालय बैठकले १८ गते स्थायी कमिटी र २५ गतेदेखि केन्द्रीय समिति बैठक गर्ने निर्णय गरेको उनको भनाइ छ । बुधबारको सचिवालय बैठकमा पार्टीभित्रको समस्या अथवा पार्टीको संकट समाधानको विषयमा छलफल भएको श्रेष्ठले बताए ।

बैठकमा कात्तिक २८ गतेको सचिवालयमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेश गरेको जस्तै राजनीतिक प्रतिवेदन अध्यक्ष केपी ओलीले पेश गर्ने जानकारी गराएका हुन्। अन्नपूर्णबाट

Skip This
Skip This
Logo