काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की आज मन्त्रिपरिषद विस्तारको विषयमा जिज्ञासा राख्ने क्रममा सञ्चारकर्मीहरूसँग चिढिएकी छिन्। यस विषयमा प्रश्न गर्दा प्रधानमन्त्रीले झर्को मान्दै जवाफ दिएकी हुन्।
सिंहदरबारमा आयोजित एक कार्यक्रममा सहभागी भएर निस्किँदै गर्दा पत्रकारले प्रधानमन्त्री कार्कीलाई सोधेका थिए, ‘प्रधानमन्त्रीज्यू मन्त्रिपरिषद कहिले बिस्तार हुन्छ ?’ जवाफमा प्रधानमन्त्रीले असन्तुष्टि व्यक्त गर्दै भनिन्, ‘भएको भई छ नि।’
प्रधानमन्त्री कार्कीले तेस्रोपटक मन्त्रिपरिषद विस्तार गर्दै जेन-जी समूहका तर्फबाट ४ जना मन्त्री थप्ने तयारी गरेको समाचारहरू सार्वजनिक भएपनि जेन-जीमै विवाद हुँदा विस्तार हुन सकेकाे छैन ।































प्रतिक्रिया