एमाले बैठकमा जेनजी आन्दोलनमा संलग्न कार्यकर्ताहरुलाई कार्बाहीको माग

एमाले बैठकमा जेनजी आन्दोलनमा संलग्न कार्यकर्ताहरुलाई कार्बाहीको माग

केन्द्रबिन्दु
9
Shares

काठमाडौं । नेकपा एमालेको जारी केन्द्रीय कमिटी बैठकमा जेन जी आन्दोलनमा पार्टिका नेता तथा कार्यकर्ताहरुको संलग्नता भए नभएको अनुसन्धान गरी कारबार्ही गर्न माग गरिएको छ । एमालेका केन्द्रीय सदस्य परशुराम अधिकारीले गत २४ भदौमा भएको जेनजी आन्दोलनमा पार्टीका नेता तथा कार्यकर्ताकै संलग्नता भएको विषयमा अनुसन्धान गर्न माग गरेका हुन् ।

बिहीबार पार्टीको केन्द्रीय कमिटी बैठकमा आफ्ना धारणा राख्ने क्रममा उनले सो आन्दोलनको क्रममा एमाले कार्यकर्ताहरूकै पनि नगन्य रुपमा उपस्थिति देखिएको भन्दै अनुसन्धान अघि बढाउनुपर्ने बताए । ‘२४ गतेको आगजनी, तोडफोड लगायतका घटनामा हाम्रा कार्यकर्ताको पनि नगन्य रुपमा उपस्थिति देखिन्छ,’ उनले भने, ‘यसमा सुक्ष्म अनुसन्धान हुनुपर्छ ।’

अधिकारीले पार्टीको आन्तरिक एकतामा जोड दिन पनि आग्रह गरे । बैठकमा आफ्ना धारणा राख्ने क्रममा अधिकारीले पार्टीमा निषेधको भावना नभइ उपयुक्त जिम्मेवारी दिनुपर्ने बताए। अधिकारीले पनि पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण रोक्न नहुने भन्दै उनलाई पनि उपयुक्त जिम्मेवारी दिन पार्टी नेतृत्वसमक्ष आग्रह गरेका छन् ।

Skip This
Skip This
Logo