काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीका अध्यक्ष विजय प्रकाश सापकोटाले जेन जी आन्दोलनका बेला स्कुल पोशाकमा आएका विधार्थीहरुको कन्चेट र छातीमा ताकी ताकी गोली चलाउन आदेश दिने र चलाउने हत्याराहरुलाई यथाशिघ्र कार्बाही हुनुपर्ने बताएका छन् ।
शुक्रबार समसामयिक विषयमा धारणा सार्वजनिक गर्न आयोजित साक्षत्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले भदौ २३ र २४ गते भएको आन्दोलनमा तत्कालिन सरकारले स्कुल पोशाकमै रहेका विद्यार्थीहरुलाई हत्या गरेकोमा आँफूलाई चित्त नबुझेको र सह्य नभएकोले तत्काल कार्बाही गर्न सरकारको ध्यानाकर्षण गराए ।
शान्तिपूर्ण आन्दोलन गरिरहेका अबोध बिधार्थीहरुको हत्याराहरुलाई छानविन गरेर कारबाही गर्नुको साटो सरकार अन्यत्र बाटोमा हिँडिरहेको भन्दै सापकोटाले वर्तमान सरकारले माओवादी आन्दोलन र गणतन्त्र पक्षधर नेताहरुलाई धरपकड गर्ने, सुरक्षा थ्रेट दिने, विभिन्न आरोप लगाउने र कुप्रचार गर्ने काम गरिरहेकोमा आपत्ति जनाए ।
यस्ता कामहरु तत्काल तत्काल बन्द गर्नुपर्ने आक्रोश व्यक्त गर्दै सापकोटाले भने ‘अहिले बनेको सरकारले माओवादी आन्दोलनका र गणतन्त्र पक्षधरका ती नेताहरुलाई धरपकड गर्ने, सुरक्षामा थ्रेट दिने, आरोप लगाउने, कुप्रचार गर्ने कार्यहरु भइरहेका छन्,।’
साथै, उनले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री भएको बेला त्रिभुवन विश्वविद्यालयको जग्गा खोज्नका लागि त्रिताल आयोग गठन गरिएको र सो आयोगले तत्कालीन शिक्षामन्त्री विद्या भट्टराईलाई प्रतिवेदनसमेत बुझाइसकेकाले त्यो प्रतिदेन सार्वजनिक गर्न माग गरे ।
‘हाम्रा अध्यक्ष प्रधानमन्त्री भएको बेलामा त्रिविको अतिक्रमित जग्गा छानविनका लागि त्रिताल आयोग गठन भएको थियो । त्यतिबेला त्रिताल आयोगले त्रिभुवन विश्वविद्यालयमा हजार रोपनीभन्दा बढी जग्गा अतिक्रमित भएको भनेर तत्कालीन शिक्षामन्त्री विद्या भट्टराईलाई प्रतिवेदन बुझाएको थियो । त्यो प्रतिवेदन गायब भएको छ । त्यो बारे खोज अनुसन्धान हुनुपर्छ,’उनले भने ।
नेता सापकोटाले अब तोकिएको मिति अगामी फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन हुनुपर्ने बताए । चुनाव भाँड्नका लागि वर्तमान सरकारदेखि जेन–जी आन्दोलन हाइज्याक गर्नेहरुसम्म लागिरहेको उनले बताए ।





























प्रतिक्रिया