सरकारले मलाई थुन्न खोज्यो,तोकिएको निर्वाचन हुन्न : ओली

सरकारले मलाई थुन्न खोज्यो,तोकिएको निर्वाचन हुन्न : ओली

केन्द्रबिन्दु
27
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले तोकेको निर्वाचन नहुने बताएका छन् ।

शुक्रबार केन्द्रीय कमिटी बैठकको समापन सम्बोधन गर्ने क्रममा उनले वर्तमान सरकार आफूलाई पक्राउ गरेर थुन्न लगातार प्रयासमा लागेको भन्दै तोकिएको निर्वाचन नहुने जिकिर गरे ।

गृहमन्त्री ओमप्रकाश अर्याल आफूलाई थुन्नका लागि लगातार छलफलमा रहेको समेत ओलीले बताए

‘केपी ओलाई कसरी थुन्न सकिन्छ भनेर गृहमन्त्रीले सल्लाह र छलफल गर्नुभयो, कहीँकतै केही भेटिएन,’ ओलीले बैठकमा भने, ‘हिजो जेनजीहरूले मान्दै मानेनन् । केपी ओलीलाई त जसरी पनि थुन्नुपर्छ भनेर सरकार लगातार प्रयासमा छ ।’

जेनजीहरूले आफूहरू दलविरुद्ध नभएको बताएको भन्दै उनले भने, ‘साथीहरूले नरम भाषा बोल्नुस् भन्नुभएको छ । यसमा चिनी थपिदिनु ’

उनले पार्टीभित्रका कुराहरू बाहिर नल्याउन र पार्टीमै छलछफल गर्न पनि नेताहरूलाई आग्रह गरे ।

Skip This
Skip This
Logo