युवाहरुलाई मार्न ओलीले आदेश दिएका हैनन् , विदेशी एजेन्टहरूले हो : उपमहासचिव ज्ञवाली

युवाहरुलाई मार्न ओलीले आदेश दिएका हैनन् , विदेशी एजेन्टहरूले हो : उपमहासचिव ज्ञवाली

केन्द्रबिन्दु
18
Shares

मकवानपुर । नेपाल कम्युनिस्ट पार्टी (एमाले) सम्बोधन गर्दै उपमहासचिव प्रदीप ज्ञवालीले पछिल्लो समय देशमा युवाविरुद्ध भइरहेको हिंसा र दमनबारे गम्भीर टिप्पणी गरेका छन् । मकवानपुर जिल्ला समितिद्वारा शुभ दीपावली, नेपाल संवत् र छठ पर्व २०८२ को अवसरमा आयोजित कार्यक्रममा उनले देशभित्र देखिएका अशान्ति र असन्तोषका मूलमा विदेशी शक्ति र प्रभावकारी समूहहरूको चलखेल रहेको दाबी गरे ।

उनले भने, ‘युवाहरूलाई मार्ने आदेश नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले दिएका होइनन्, यो सबै विदेशी एजेन्टहरूले दिएका आदेश हुन् ।’ज्ञवालीले युवा आन्दोलनप्रति सहानुभूति जनाउँदै, एमाले जनताको आवाज दबाउने पक्षमा नरहेको बताए।

शुभकामना आदानप्रदान कार्यक्रममा जनताको बहुदलीय जनवाद जिन्दावाद नारासहित पार्टीका विभिन्न तहका नेता, कार्यकर्ता, बुद्धिजीवी तथा स्थानीय समाजका अगुवाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

Logo