कुनै पनि आयोगमा बयान दिन्नँः अध्यक्ष ओली

कुनै पनि आयोगमा बयान दिन्नँः अध्यक्ष ओली

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कुनै पनि आयोगमा वयान नदिने बताएका छन् । कुनै पनि आयोगले बोलाउँदैमा आफू लुरुलुरु बयान दिन नजाने उनकाे भनाइ छ । उनले कुनै पनि बयानमा आफूले आफैंलाई धोका दिने काम नगर्ने पनि जिकिर गरे।

आइतबार पत्रकारहरुसँग कुराकानी गर्ने क्रममा उनले भने ‘केपी ओली सोझो छ भन्दैमा, आयोगहरू जस -जसले जहाँ-जहाँ बनाउँदै हिँड्छ । जसले सोध्दै हिँड्छ, त्यहाँ त्यहाँ लुरुलुरु गएर बयान दिने काम हो र?,’

उनले थपे, ‘त्यस्ता काम केपी ओलीले गर्दैन । कुनै बयानमा आफैंलाई धोका दिने काम केपी ओलीले गर्दैन ।’

Logo