काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले हालैको जेनजी आन्दोलनले देशमा केवल सरकार परिवर्तन गरे पनि व्यवस्था उही रहेकाले अन्तरिम सरकारलाई पाइलापाइलामा काम गर्न कठिन भइरहेको बताएका छन् ।
प्रधानमन्त्री सुशीला कार्कीसहित घाइते जेनजीहरूसँगको भेटवार्ताका क्रममा मन्त्री खरेलले यस्तो धारणा राखेका हुन् । “यसअघिका आन्दोलनहरूले व्यवस्था नै परिवर्तन गरेका थिए, तर योपटक जेनजी आन्दोलनले सरकार मात्र फेरियो, व्यवस्था उही छ,” मन्त्री खरेलले भने, “व्यवस्था उही रहँदा अन्तरिम सरकारलाई जनभावनाअनुसार काम गर्न पाइलापाइलामा कठिन भइरहेको छ।”
उनले जेनजीहरूको आवाजलाई सरकारले गम्भीरतापूर्वक लिएको र भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धनका लागि अन्तरिम सरकार प्रतिबद्ध रहेको पनि स्पष्ट पारे ।































प्रतिक्रिया