माइतीघर बालेन, सुदन वा गृहमन्त्रीका समर्थकहरूको मात्रै प्रदर्शनस्थल होइन -महासचिव पोखरेल

माइतीघर बालेन, सुदन वा गृहमन्त्रीका समर्थकहरूको मात्रै प्रदर्शनस्थल होइन -महासचिव पोखरेल

केन्द्रबिन्दु
21
Shares

काठमाडौँ। नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले माइतीघर मण्डला कुनै एक पक्ष विशेषको मात्रै प्रदर्शनस्थल बनाउनु कानूनी सिद्धान्त र लोकतान्त्रिक मान्यता विपरीत हुने बताएका छन्।

उनले लोकतन्त्रमा विरोध र समर्थन दुवै प्रदर्शन गर्ने अधिकार सबैमा समान रूपमा निहित हुने र राज्यले कुनै पनि पक्षलाई विभेद गर्न नहुने स्पष्ट पारेका हुन्।

‘जेनजी युनाइटेड परिवर्तन’ समूहका सदस्यहरूलाई प्रहरीले नियन्त्रणमा लिएपछि सामाजिक सञ्जालमार्फत महासचिव पोखरेलले भनेका छन्, “माइतीघर मण्डला कुनै एक पक्षका लागि मात्रै होइन — सबैका लागि हो। वालेन, सुदन वा गृहमन्त्रीका समर्थकहरूको मात्रै प्रदर्शनस्थल बनाउनु कानूनी सिद्धान्तमाथिको उपहास हो।”

Logo