काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले तेस्रोपटक मन्त्रिपरिषद् विस्तारको तयारी गरेकी छन्।
यसअघि जेन-जी समूहका तर्फबाट ४ जना मन्त्री थप्ने तयारी गरेको समाचारहरू सार्वजनिक भएपनि जेन-जीबीचमै विवाद हुँदा विस्तार हुन सकेको थिएन । तर अब भने मन्त्रिपरिषद्लाई टुंगो लगाउन खोजिएको पाइएको छ ।
स्रोतका अनुसार चार जना मन्त्रीको नाम तय भएको छ, जसमा सुधा गौतम स्वास्थ्य तथा जनसंख्या मन्त्री, गणपतिलाल श्रेष्ठ संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री, खगेन्द्र सुनार श्रम तथा रोजगार मन्त्री र बब्लु गुप्ता युवा तथा खेलकुद मन्त्री बन्ने भएका छन् ।
हाल कार्की नेतृत्वको मन्त्रिपरिषद् आठ सदस्यीय छ।





























प्रतिक्रिया