काठमाडौं । मापदण्ड विपरित निर्माण गरिएका थापाथलीका अवैध संरचनाहरुमा काठमाडौं महानगरपालिकाले डोजर चलाएको छ । महानगरको वडा नम्बर ११ थापाथली चोकबाट त्रिपुरेश्वर जाने मोडमा रहेका संरचनामा आज डोजर चलाइएको हो ।
महानगरका नगरप्रहरी प्रमुख राजु पाण्डेका अनुसार गुठीसँग समन्वय गरेर अवैध संरचनाहरु भत्काइएको हो । त्यहाँ बनेका संरचना अवैध रहेका र नक्साविना बनेकाले भत्काइएको पाण्डेको भनाई छ । महानगरले लामो समयदेखि आफ्नो क्षेत्रभित्र पर्ने अवैध घरटहरामा डोजर चलाउँदै आएको छ ।





























प्रतिक्रिया