गृह, कानुन र खेलकुदमन्त्री आज मधेश प्रदेश जाँदै

गृह, कानुन र खेलकुदमन्त्री आज मधेश प्रदेश जाँदै

केन्द्रबिन्दु
18
Shares

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्याल, उद्योग र कानुनमन्त्री अनिलकुमार सिन्हा र युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले आज मधेश प्रदेश जाने भएका छन् ।

तीन मन्त्रीसहितको टोलीमा गृहसचिव रामेश्वर दंगाल पनि रहनेछन् । जनकपुरमा सो टोलीले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको तयारी र शान्ति सुरक्षाको व्यवस्थाबारे जानकारी लिने बताइएको छ ।

त्यसक्रममा उनीहरु सुरक्षा निकायका विभिन्न कार्यालय अवलोकन, सरकारी कार्यालयका प्रमुखहरूसँग अन्तर्क्रिया तथा छठसम्बन्धी कार्यक्रममा पनि सहभागी हुने बताइएको छ ।

Logo