काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महाविर पुनले औपचारिक कार्यक्रमहरूमा आफ्नो उपस्थिति र अनावश्यक विदेश भ्रमणलाई लिएर स्पष्ट धारणा सार्वजनिक गरेका छन् । उनले कसैले पनि आफूलाई उद्घाटन, शिलान्यास वा प्रमुख अतिथि हुने जस्ता कुनै पनि औपचारिक कार्यक्रमहरूमा निमन्त्रणा नगर्न आग्रह गरे ।
मन्त्री पुनले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेकाे सन्देशमा भनिएको छ, “कृपया कसैले पनि र कहिंबाट पनि हालको म मन्त्रीलाई उद्घाटन/शिलान्यास कार्यक्रम, प्रमुख अतिथी हुने जस्ता कुनै पनि औपचारिक कार्यक्रमहरूमा निमन्त्रणा गर्दै नगर्नु होला।”
उनले मन्त्रीहरूको विदेश भ्रमणका विषयमा भइरहेको चर्चालाई समेत सम्बोधन गर्दै आफू युनेस्को महासभाको उज्वेकिस्तानमा हुने साधारण सभा र ब्रिटिश काउन्सीलले नाईजेरियामा आयोजना गरेको कन्फ्रेन्समा समेत नगएको बताएका छन् । “म युनेस्को महासभाको उज्वेकिस्तानमा हुने साधारण सभा र ब्रिटिश काउन्सीलले नाईजेरियामा आयोजना गरेको कन्फ्रेन्समा समेत गइनँ ।” उनले भनेका छन् ।
मन्त्री पुनले मन्त्रीहरूले अत्यावश्यक र नगई नहुने बैठकहरूमा मात्रै विदेश भ्रमण गरेको स्पष्ट पार्दै थपेका छन्, “जानै पर्ने र नगई नहुने मिटीङहरुमा मात्र केहि मन्त्रीज्यूहरु बिदेश जानु भएको हो। बिदेश घुम्यो भनेर हल्ला नगर्नु होला।”































प्रतिक्रिया