काठमाडौं । नेकपा (एमाले) का नेता कृष्णभक्त पोखरेलले भ्रष्टाचारको कुनै पनि मुद्दामा एमालेका नेताहरू जोडिएको भए तत्काल छानविन गर्न सरकारलाई चूनौति दिएका छन् । मंगलबार रिपोर्टर्स क्लब नेपालले काठमाडौंमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै पोखरेलले एमालेका नेताहरुमाथि लाग्ने गरेको भ्रष्टाचार आरोपको छानबिन गर्न चुनौती दिएका हुन् ।
उनले एमाले नेताहरु गिरीबन्धुदेखि ओम्नीसम्म जोडिएको भन्ने भाष्य भ्रामक भएको भन्दै छानविन गर्न सरकारलाई चुनौति दिएका हुन् । उनले केपी शर्मा ओली र एमालेलाई पन्छाएर निर्वाचन हुन्छ भन्ने कुराको विश्वास गर्न नसकिने बताए ।
यस्तै पोखरेलले आवधिक निर्वाचन निष्पक्ष र स्वतन्त्र ढङ्गबाट हुन्छ भन्ने कुराको सुनिश्चितता भए एमाले कुनै हिसाबले निर्वाचनबाट नभाग्ने स्पष्ट पारे । नेता पोखरेलले सरकारमा अहिले जेन–जीको भावना प्रतिबिम्बित गर्ने मानिसहरू नगएको भन्दै
प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारको काम टीओआर निर्वाचन मात्रै रहेको उल्लेख गरे ।





























प्रतिक्रिया