नेता नारायणकाजी श्रेष्ठको आग्रह- हतारमा पार्टी एकता नगरौं

नेता नारायणकाजी श्रेष्ठको आग्रह- हतारमा पार्टी एकता नगरौं

केन्द्रबिन्दु
21
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले माओवादी र नेकपा (एकीकृत समाजवादी) बीच हुन लागेको पार्टी एकता प्रक्रियालाई हतारमा निष्कर्षमा नपुर्‍याउन आग्रह गरेका छन् ।

समग्र कम्युनिष्ट आन्दोलनको वैचारिक-सांस्कृतिक रुपान्तरण, एकीकरण र पुनर्गठनको आवश्यकतालाई मध्यनजर गर्दै धैर्यतापूर्वक अघि बढ्न उनकाे जोड छ। नेता श्रेष्ठका अनुसार, अहिलेको आवश्यकता नेपाली कम्युनिष्ट आन्दोलनको वैचारिक-सांस्कृतिक रुपान्तरण र पुनर्गठन हो, र यस दिशामा सार्थक पहल गर्नु समयको माग पनि हो।

‘नेपाली कम्युनिष्ट आन्दोलनको वैचारिक–सांस्कृतिक रूपान्तरण, एकीकरण र पुनःगठन आजको आवश्यकता हो र त्यस दिशामा सार्थक पहल समयको निर्देश हो। तर एकीकरण प्रक्रियालाई समग्र कम्युनिष्ट आन्दोलनले माग गरे अनुसारको रूपान्तरण र पुनःगठन सहितको एकीकरणको रूपमा अघि बढाउन सकिए मात्र त्यो औचित्यपूर्ण र सकारात्मक परिणामयुक्त हुनेछ,’ उनले सामाजिक सञ्जाल फेसबुकमार्फत् भनेका छन्, ‘हाम्रो पार्टी नेकपा (माओवादी केन्द्र ) र नेकपा (एकीकृत समाजवादी) को पार्टी एकता प्रक्रियालाई पनि यही कोणबाट हेरिनु पर्छ।’

Skip This
Skip This
Logo