समाजवादी बैठक: अध्यक्ष नेपालको राजिनामा माग,बाम एकताको बहस र विभाजनको जोखिम

समाजवादी बैठक: अध्यक्ष नेपालको राजिनामा माग,बाम एकताको बहस र विभाजनको जोखिम

केन्द्रबिन्दु
9
Shares

काठमाडौँ । जेन जी आन्दोलन पछी पहिलोपटक काठमाडौँको सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा बुधवार बाट सुरु भएको नेपाल कम्युनिष्ट पार्टी (समाजवादी) को बैठक आज पनि जारी छ । बैठक आन्तरिक विवाद र पार्टी गतिविधिमा केन्द्रित छ। पार्टीको केन्द्रीय कमिटी बैठक र नेतृत्वप्रतिको असन्तुष्टिले बैठकमा चर्चा पाएको छ ।

पार्टीका चार जना स्थायी कमिटी सदस्यहरू रामकुमारी झाँक्री, डा. विजय पौडेल, जीवनराम श्रेष्ठ र हरि चित्रकारले अध्यक्ष माधवकुमार नेपालको राजीनामा मागेका छन्। हिजोको बैठकमा यो प्रस्ताव पारित भएको छ । मुलुकको वर्तमान राजनीतिक अवस्था, जेनजी आन्दोलनको प्रभाव र भविष्यको रणनीति बारे आजपनि छलफल चलिरहेको स्रोतले बताएको छ ।

हिजोको बैठकमा अध्यक्ष माधवकुमार नेपालले समसामयिक राजनीतिक प्रतिवेदन पेस गरेका थिए। अध्यक्ष नेपालले कम्युनिस्ट एकता आवश्यक छ, तर स्पष्ट आधार बिना सम्भव छैन भनेका थिए। यस्तै बैठकमा अन्य विधान विपरीत ८१ जना केन्द्रीय सदस्य थपेको विषयमा असन्तुष्टि व्यक्त भइरहेको छ । केही स्थायी कमिटी सदस्यहरूले पार्टीभित्र आन्तरिक लोकतन्त्र र पारदर्शिताको प्रश्न उठाएका छन् ।

बैठकमा आन्तरिक सङ्गठन व्यवस्थापन, नयाँ मनोनीत केन्द्रीय सदस्यहरूको शपथ, ३४ सदस्यीय स्थायी कमिटी गठनको छलफल र पार्टीको विस्तार लगायत समसामयिक स्थितीका बारेमा बहस चलिरहेको छ । पार्टी एकता प्रक्रियाको बिषयमा बेदुराम भुसालको नेतृत्वमा गठित ३ सदस्यीय एकता कार्यदलले माओवादी केन्द्र, नेपाल कम्युनिस्ट पार्टी (विप्लव) लगायत वामपन्थी दलहरूसँगको एकता वार्ताको रिपोर्ट बैठकमा पेश गरिसकेका छन् ।

बैठकमा देखिएको विवादले पार्टीभित्र विभाजनको जोखिम बढाएको एक नेताले बताए । आजको बैठकमा (समाजवादी मोर्चा) मा आवद्ध दलहरुको एकताबारे छलफल सकारात्मक रहेको समाजवादीले जनाएको छ ।

Skip This
Skip This
Logo